पाणिनी गाउँपालिका–१ मा कांग्रेस कमलप्रसाद पोख्रेलको प्यानल विजयी

पाणिनी गाउँपालिका–१ मा कांग्रेस कमलप्रसाद पोख्रेलको प्यानल  विजयी

अर्घाखाँचीडट्कम संवाददाता 

पणेना । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ पणेनामा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

 पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन्। ८ सय १३ मत ल्याउँदै वडाध्यक्षमा पोखरेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेलले ६ सय ५९ मत ल्याएका छन्। सदस्यहरुमा कांग्रेसका शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेस विजयी भएको थियो।

पालिका अध्यक्षको लागि यो वडाबाट काँग्रेसका अच्युत गौतमले ७७२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ७२४ मत प्राप्त गरेका छन् ।

अन्य समाचारहरु