पत्थरकोट र सुपा देउराली मन्दिरमा कर्मचारी मिलन केन्द्रले सूचनामूलक स्वागत बोर्ड राख्यो

पत्थरकोट र सुपा देउराली मन्दिरमा कर्मचारी मिलन केन्द्रले सूचनामूलक स्वागत बोर्ड राख्यो

अर्घाखाँचीडट्कम संवाददाता 

सुपा देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रवेशद्वार पत्थरकोट र प्रसिद्ध सुपा देउराली मन्दिरमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले सूचनामूलक स्वागत बोर्ड राखेको छ ।


कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले पत्थरकोट र प्रसिद्ध सुपा देउराली मन्दिर क्षेत्रमा जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको दुरी सहितको सूचनामूलक स्वागत बोर्ड राखेको हो ।


पत्थरकोट र सुपा देउराली मन्दिरमा पाणिनी तपोभूमि पणेना, बल्कोटको बिचित्रको पौवा, महर्षि पतञ्जलिको जन्मस्थल वलारे पाङ्ग्रे, सुपा देउराली छत्र महाराजको मन्दिर, मालारानी मन्दिर, अर्घा लगायतका पर्यटकीय स्थलहरूको दुरी सहितको सूचनामूलक स्वागत बोर्ड राखिएको छ ।   


अर्घाखाँची आउने पर्यटकहरूलाई जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरूको जानकारी दिनुका साथै पर्यटकीय स्थलमा पुग्न सहज होस् भनेर सूचनामूलक स्वागत बोर्ड राखिएको कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले बताएको छ । 



अन्य समाचारहरु