सुतिरहेका ५ वर्षीय छोराको सर्पले डसेर मृत्यु भएपछि पीडा खप्न नसकी आमाले पनि आत्महत्या

- लालप्रसाद शर्मा
 
पोखरा - सुतिरहेका छोराको सर्पले डसेर मृत्यु भएपछि पीडा खप्न नसकी आमाले पनि आत्महत्या गरेकी छिन ।

बुधबार साँझ साढे १० बजे घरमै सुतिरहेका बेला स्याङ्जाको आलमदेवी, ८ का ५ वर्षीय भरत सुनारलाई सर्पले टोकेको थियो । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएपछि भावविहृल बनेकी आमा बिना सुनारले अपरान्ह पोखरा, ११ नारायणस्थान मन्दिर नजिकै सेती नदीको नहरमा हामफालेकी कास्की प्रहरीले जनाएको छ ।

बिनाको शव बिहीबार साँझ पोखरा, १२ शितलादेवीमागइसस्थित नहरमा भेटिएको कास्की प्रहरीका प्रवक्ता रबिन्द्र पौडेलले बताए । बिनाको शव अहिले क्षेत्रीय अस्पतालमा छ ।

बिनाका श्रीमान् खुमबहादुर एक बर्षअघि मृत्यु भएको थियो ।

अन्य समाचारहरु