अर्घाखाँचीका माओवादी पूर्व ईन्चार्ज रामप्रसाद बन्जाडेकाे सवारी दुर्घट्नामा परी निधन

अर्घाखाँचीका माओवादी पूर्व ईन्चार्ज रामप्रसाद बन्जाडेकाे  सवारी दुर्घट्नामा परी निधन


अर्घाखाँचीडट्कम संवाददाता

बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धारापानी जन्मेका  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुपन्देही जिल्ला ईन्चार्ज तथा  अर्घाखाँची जिल्लाका पूर्व ईन्चार्ज रामप्रसाद बन्जाडेकाे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । 


मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो । घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।

सानै उमेरदेखि क्रान्तिकारी जुझारु स्वभावको ब्यक्ति  २०४१ साल देखिका निकट  मित्र नेपालको प्रगतिशिल बिद्यार्थी आन्दोलन, बामपन्थी आन्दोलनमा निरन्तर योगदान पुर्याएका थिए ।  अर्घाको पुर्णिामामा हुने साँस्कृतिक कार्यक्रममा झण्डै २० बर्ष कार्यक्रम संचालन गर्थे ।  संघर्षशिल, श्रृजनशिल उर्जावान युबा जनयुद्धका कमाण्डर , २०६४ सालको संबिधान सभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट उम्मेदवार ने. क. पा. माओबादीका केन्द्रिय सदस्य  थिए । 

बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

अन्य समाचारहरु