भरतपुरमा कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

भरतपुरमा कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस असन्तुष्ट पक्षको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिनेहुनु भएको छ ।

असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आइतबार भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुनुहुन्छ ।


असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी समेत भएको थियो । स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।

पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राख्नुभएको थियो । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रिय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिनुभयो ।

उहाँलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्व सांसद भिमबहादुर श्रेष्ठले समर्थन गर्नुभएको थियो । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँले सोमबार दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताउनुभयो । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु