खिदिमका ६० जना विपन्न विद्यार्थीहरुलाई बृहत युवा अभियानद्वारा न्यानो कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण

खिदिमका ६० जना विपन्न विद्यार्थीहरुलाई बृहत युवा अभियानद्वारा न्यानो कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण


माधव पौडेल 

खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई बृहत युवा अभियान रुपन्देहीले न्यानो कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।


बृहत युवा अभियान रुपन्देहीले  खिदिममा रहेका विभिन्न विद्यालयका ६० जना बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर, मोजा साथौ, शैक्षिक सामाग्रीहरु कपी, झोला, बितरण गरेको हो ।

साथै उक्त संस्थाले अति बिपन्न ५ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस संस्थामा ५० जना सदस्य रहेका छन् । संस्थाले दर्ता चरणदेखि नै सामाजिक क्षेत्र जस्तै बिपन्न परिवारका बालबालिका बृद्ध-बृद्दा ,अपाङ्ग ,सामाजिक जनचेतना  मुलक नाटक, महिला हिंसा विरुद्धका  कार्यक्रम र  बाढी, पहिरो लगायतका क्षेत्रहरुमा काम गरिरहेको छ । 

जो खान नपाएर तड्पिरहेका छन् उनीहरुका लागि सहयोग गर्ने र त्यो सहयोगको लागि आर्थिक रकम देश बिदेशबाट विभिन्न नेपाली दाजु, भाइहरुले गर्दै आउनु भएको बृहत युवा अभियानकी  अध्यक्ष पुष्पा भट्टराईले बताउने भयो । 

सामाजिक कार्यमा अघि बढेको यस संस्थाले विद्यार्थीहरुको मनोरञ्जनको लागि नृत्य पनि प्रस्तुत गरेको थियो । संस्थाले आगामी दिनहरुमा अर्घाखाँचीका अन्य ठाउँहरुमा पनि यस्तै सहयोगका कार्यक्रमहरु ल्याउने भएको छ ।

अन्य समाचारहरु