शितगंगा नगरपालिकामा अब शनिबार व्यापार ब्यबसाय बन्द, प्रत्येक शुक्रबार साप्ताहिक हाट बजार लाग्ने

शितगंगा नगरपालिकामा अब शनिबार व्यापार ब्यबसाय बन्द, प्रत्येक शुक्रबार साप्ताहिक हाट बजार लाग्ने


अर्घाखाँचीडट्कम संवाददाता

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अब प्रत्येक शुक्रबार साप्ताहिक हाट बजार लाग्ने भएको छ । 


ठाडा- अमराई लगायत शितगंगा नगरपालिकाभर शनिबारको सट्टा अब प्रत्येक शुक्रबार साप्ताहिक हाट बजार लाग्ने भएको हो ।

यस्तै शितगङ्गा उद्योग बाणिज्य  संघका अनुसार पौष ३ गते शनिबारदेखि  साप्ताहिक रुपमा प्रत्येक शनिबार शितगङ्गा नगरपालिका भित्रका  व्यापार ब्यबसाय बन्द गर्ने निर्णय गरिएको छ ।  

उता शितगङ्गा उद्योग बाणिज्य  संघले २०७७ फाल्गुन १ गते शनिवारदेखि  शितगंगा नगरपालिका क्षेत्रका अत्यावश्यक बाहेक अन्य पसलहरु मंगलबार बन्द गर्ने र शनिवार हाट बजार गर्ने निर्णय गरेको थियो ।

अन्य समाचारहरु