खाँचीकोटको फुदवाङ निवासी डिही किटेनीका समाजसेवी पुण्डरी प्रसाद पोख्रेलको निधन (तस्बिर सहित)

खाँचीकोटको फुदवाङ निवासी डिही किटेनीका समाजसेवी पुण्डरी प्रसाद पोख्रेलको निधन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता

फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ निवासी डिही किटेनीका समाजसेवी तथा नेकपाका स्थानिय नेता पुण्डरी प्रसाद पोख्रेलको निधन भएको छ ।


खाँचीकोटको फुदवाङ निवासी डिही किटेनीका समाजसेवी तथा नेकपाका स्थानिय नेता पुण्डरी प्रसाद पोख्रेलको आज शनिबार बिहान ३ बजे उपचारको क्रममा बुटवल चौरहा  स्थित  गौतम बुद्द सामुदायिक  मुटु अस्पतालमा ५६ बर्षको उमेरमा निधन भएको हो । उहाको उपचारका लागि हिजो बुटवल लगिएको थियो ।


उहालाई खासै गम्भिर रोग त थिएन तर ५-६ दिनअघि हल्का  ज्वरो आएको र पिसाबमा समस्या भएपछी  ,  जिल्ला अस्पताल अर्घाखाँचीमा  गएर जचाउदा डक्टरले बुटवल रेफर गरेका थिए । उहालाई बुटवलमा  बिपी -लो भएको सुगरको समस्या पनि रहेको , र दुबै  किड्नीमा समस्या आइ ' किडनी फेलयर'  भएर  निधन भएको हुनसक्ने परिबारका सद्स्यले बताए ।


उहाको आज फुदबाङको लाटा गोडा स्थित घाटमा अन्तिम दाहसस्कार गरिएको छ । प्रदेश सांसद चेत नारायण  आचार्यले  पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।


प्रदेश सांसद रामजी घिमिरे, नेकपा जिल्ला राम बहादुर चौहान, प्रेम नारायण  गैरे, श्री कृष्ण भुसाल, सन्धिखर्कका  मेयर कमल प्रसाद भुसाल, उपमेयर  ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष  थम्मन के.सी लगायत अन्य जिल्ला नेता तथा  शुभचिन्तकहरु दाहसस्कार  तथा  अन्तिम सस्कारमा सहभागी भएका थिए।


स्वर्गिय पुण्डरी प्रसाद पोख्रेल खाचिकोट निबासी  तथा सामाजिक ब्यक्तित्व  तथा तत्कालिन नेकपा एमालेको २०४९ साल देखिको संगठित पार्टी सद्स्य, सन्धिखर्क नगरपालिका ७   नेकपाका वार्ड कमिटी सद्स्य  तथा टोल कमिटी  अध्यक्ष  समेत रहेका  सामाजिक  र ब्यबासयिक  ब्यक्तित्व हुनुहुन्थ्यो । उहा लामो समयदेखि आफ्नो फुदबाङ स्थित घरमा ब्यबासाय  पनि सन्चालन गर्दै आउनुभएको थियो ।


उहाका श्रीमति, एक छोरा र दुई छोरी रहेका छन् । (जन्म मिति :- २०२०-०३-१२ र निधन - २०७७/०२/०३)





अन्य समाचारहरु