जुकेनाका २५ वर्षिय प्रकाश विकको युएईमा सुतेको अवस्थामा निधन

जुकेनाका २५ वर्षिय प्रकाश विकको युएईमा सुतेको अवस्थामा निधन
अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाका एक युवाको युएईको दुबईमा सुतेको अवस्थामा निधन भएको छ । 


जुकेनाका लालबहादुर विकका २५ वर्षिय छोरा प्रकाश विकको युएईको दुबईमा सुतेको अवस्थामा निधन भएको हो । 

दुबईमा कामबाट डेरामा आयर सुतेका विकलाई आज मंगलवार बिहान मृत फेला पारिएको थियो । निधनको कारण खुल्न सकेको छैन् । प्रहरीले शबलाई स्थानिय अस्पतालमा राखेको छ । 

विकका बाबु आमा सहित श्रीमती अमृता सुनुवार रहेकी छिन् । विक १ वर्ष अगाडि वैदशिक रोजगारीका लागि  युएई गएका थिए । 

अन्य समाचारहरु