फागुन सात कविता*(व्यांग्यात्मक)

फागुन सात कविता*(व्यांग्यात्मक)
पहिलो प्रकासित मिती: फागुन ७, २०७४ 

नीम राना

त्यो रात,
हामीले त राजा त्रिभुवनको,
कुर्सी बहाली गरेका थियौं।
राणाहरुको भूत,
दफ्नाएका थियौं।
हो!तिमीलाई प्रजातन्त्र अायो?
ए!तिमीलाई स्वतन्त्रता मिल्यो?
ए!अब नयाँ भूत चढ्यो?
लाग्छ फेरि नशा चढ्यो?
हामीलाई त भुत उत्रेकै छैन्!

म देख्दैछु डबलीमा,
नयाँ गद्दीमा नयाँ रङ छरेका हौं।
नयाँ श्रृंगार गरेका पो हौं।
नयाँ भोटो फेरेका मात्र हौ।
फागुन सात गते।

१०४बर्ष जहानियाँ,
७०बर्ष वंशीय,
लाग्छ अचेल घरानियाँ शासन छ।

दिल्ली नगई बिल्ली बन्नै सक्दैन,
सिल्ली गर्नै सक्दैन,
नयाँ झिल्ली फेर्नै सक्दैन।

हामी लाई राणाको भुत चढिरहन्छ,
हामीलाई राजाको  साया परिरहन्छ,
वास्तव हामीले,
महादेवले मृत सतीलाई काँधमा लतारे जस्तै छ।
प्रत्येक अंग पतन हुन बर्षौ लागिरहेछ।
भुतले पिछा नछोड्दो रहेछ।

नत्र के हो यो?
भुईंचालो भित्र पुरिएका सम्पूर्ण सपना,
लाखौं युवाहरुको पराश्रय वाध्यता,
नेपथ्यमा प्रजातन्त्रको निरीह अावाज,
किन देखिन्छ,
हरेक फागुन सात गते??