अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ८७४ जनाको मनोनयन दर्ता (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा  स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ८७४  जनाको मनोनयन दर्ता (सम्पूर्ण विवरण सहित)

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ८ सय ७४  जनाको मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले मङ्गलबार बिहान १३ बजेर २० मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा ३५ र उपप्रमुख पदमा २६ जनाको मनोनयन दर्ता भएको छ ।


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । तिन नगरपालिका ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६१  वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा युवा नेता कृष्ण प्रसाद श्रेष्ठ उपप्रमुखमा मिश्रा आचार्यले  मनोनयन दर्ता गराएका छन् । 


श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख कमल प्रसाद भुसालसँग पराजित भएका थिए ।  भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सदस्य तथा पुर्ब जिल्ला उपसभापति शान्ता भण्डारीले प्रमुखमा उम्मेदरवारी दर्ता गराइएकी छिन् त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका जिल्ला सयोजक राजेन्द्र भुसालले उम्मेदबारी दर्ता गराउनुभएको छ भने राप्रपाबाट धुब भुसाल मेयर र सुनिता गिरीले उपमेयर जनता समाजबादीबाट मेयर टोप बहादुर बलाल उपमेयरमा रमा आचार्य स्वतन्त्र बाट राजेन्द्र नेपाली विबेकशील साझा पार्टीबाट सुर्य प्रसाद श्रेष्ठ ,मेयरमा एकीकृत समाजबादी बाट सिद्धी प्रसाद भुसालले उपप्रमुखमा उम्मेदबारी दर्ता गराएका छन् वडा अध्यक्षमा ४५ जना वडा सदस्यमा ६६ जना , महिला सदस्य ३१ जना दलित महिला सदस्य २७ जना गरी १७९ जनाले उम्मेदबारी  दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


 जिल्लाको भुमिकास्थान नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा निवर्तमान नगर प्रमुख रेशम थापाले उम्मेदबारी दर्ता गराएका छन् भने उपप्रमुखमा बसन्ता पौडेलले मनोनयन दर्ता गराएका छन् भने गठबन्धनका तर्फबाट प्रमुखमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा राप्रपाका तर्फबाट अर्जुन खनालले प्रमुखमा उम्मेदबारी दिएका छन् भने  उपप्रमुखमा नेकपा माओबादी केन्द्रका जिल्ला सल्लाहकार बालकृष्ण बन्जाडे , र उपप्रमुखमा नेकपा एकीकृत समाजबादी महिला नेतृ सुनिता बेल्बासे भुसालले उम्मेदबारी दर्ता गराएका छन् भने वडा अध्यक्ष र सदस्यका लागि ५० पदका लागि स्वतन्त्र र राजनितिक दलको तर्फबाट ११६ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत शान्ती न्यौपाने जानकारी दिनुभएको छ । 


 जिल्लाको छत्रदेब गाँउपालिकामा नेपाली काग्रेसको तर्फबाट काग्रेस नेता चन्द्रमान श्रेष्ठले उम्मेदबारी दर्ता गराउनुभएको छ भने उपाध्यक्षमा इन्दिरा भुसालले दर्ता गराउनुभएको छ भने नेकपा एमालेको तर्फबाट अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनि पन्थीले उम्मेदबारी दर्ता गराउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गोपाल प्रसाद पाण्डे उपाध्यक्षमा रेखा कुबर अध्यक्षमा विबेकशिल पार्टीका नेता पशुपति पाण्डे ले उम्मेदबारी दर्ता गराउनुभएको छ भने वडा अध्यक्ष र सदस्य का लागि स्वतन्त्र लगायतले ४२ पदका लागि १०१ ले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत निराजन शर्माले जानकारी दिनुभएको छ । 


त्यस्तै जिल्लाको पाणिनी गाँउपालिकामा अध्यक्षमा निबर्तमान अध्यक्ष समेत रहनु भएका नेपाली काग्रेसका सचिब अच्युत गौतमले अध्यक्षमा उम्मेदबारी दिनुभएको छ नेकपा एमालेका नेता टेकराज न्यौपाने , राप्रपा का तर्फबाट फर्सुराम पौडेल जसपा बाट माधबराज पोख्रेल ले उम्मेदरबारी दिनुभएको छ भने उपाध्यक्षमा काग्रेसबाट निबर्तमान उपाध्यक्ष लक्ष्मी गौतम , एमालेबाट नरमता गौतम जसपा बाट यमुना थापा , स्वतन्त्रबाट बेदराज घिमिरेले उम्मेदबारी दिनुभएको छ भने ८ वडा अध्यक्षका लागि २० जना ८ जना महिला सदस्यका लागि १७ जना दलित महिला सदस्यका १७ खुल्ला सदस्यका लागि ३९ जना गरी १०१ जनाले उम्मेदरबारी दिएको पाणिनी गाँउपालिका निर्वाचन अधिकृत महेश खनालले जानकारी दिए ।   


त्यस्तै जिल्लाको सितगंगा नगरपालिका नगर प्रमुखमा एमालेबाट बसन्त कुमार श्रेष्ठ उपप्रमुखमा गिता भाट ले उम्मेदरबारी दिनु भएको छ श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख सुर्य प्रसाद अधिकारी सग पराजित हुनुभएको थियो भने गठबन्धनको तर्फबाट नेपाली काग्रेसका पुर्ब जिल्ला सचिब छविलाल पौडेलले प्रमुखमा उपप्रमुखमा नेकपा माओबादी केन्द्रका नेता तथा निबर्तमान नगर उपप्रमुख टिकाराम रेश्मी ले उम्मेदबारी दर्ता गराउनुभएको छ भने राप्रपाबाट नगर प्रमुखमा पार्बता पौडेल उपप्रमुखमा कुलानन्द पौडेल , नगर प्रमुखमा नेकपा मालेबाट केदार बेल्बासे राष्ट्रिय जनमुक्ति पार्टीबाट बसन्ता रेग्मी विष्णु कुमार ले मगोल नेशनल अगनाईजेशन विना सुनार जनता समाजबादी जनक भुसाल कुमार घर्ती होम ब रायमाझीले स्वतन्त्र उम्मेदबारी दर्ता गराउनुभएको छ भने उपप्रमुखमा तुल्सी बुढा मगर स्वतन्त्र श्याम बहादुर रजाली सरस्वता थापाले नगर उपप्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको छ भने वडा अध्यक्ष का लागि ५९ जना पुरुष सदस्य ७८ महिला सदस्य ४२ दलित महिला सदस्य ३४ जना गरी २३० जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय सितगंगा ले जनाएको छ । 


जिल्लाको मालारानी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका तर्फबाट दल बहादुर भट्टाराईले अध्यक्षमा उपाध्यक्षमा दिपा पोख्रेलले उम्मेदरबारी दिनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका नेता पदम क्षेत्रीले अध्यक्षमा उम्मेदबारी दिनुभएको छ भने उपाध्यक्षमा नेपाली काग्रेसका नेता शोभाखर खनालले उम्मेदबारी दिनुभएको छ भने राप्रपाका तर्फबाट पदम महतले अध्यक्षमा एकीकृत समाजबादीका नेता पिताम्बर भुसाल ,जिन्दक बहादुर खड्का ले जनता समाजबादीको तर्फबाट अध्यक्षमा अर्जुन खनालले स्वतन्त्रको तर्फबाट उम्मेदबारी दिनुभएको छ । 


गाँउपालिका निवर्तमान अध्यक्ष समेत रहनुभएका बालकृष्ण आचार्यले समेत अध्यक्षमा समेत उम्मेदबारी दिनुभएको छ भने नेकपा एकीकृत समाजबादीका नेता विष्णु चौहानले उपाध्यक्षमा विष्णु पन्थीले जनसमाजबादी पार्टी नेपाल लाल बहादुर बस्नेतले स्वतन्त्र अध्यक्षमा उम्मेदबारी दिएको सहायक मतदान अधिकृत रमेश पन्थीले जानकारी दिनुभएको छ । 


आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएको थियो । मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।

वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।   
अर्घाखाँचीमा  स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ८७४  जनाको मनोनयन दर्ता (सम्पूर्ण विवरण सहित)

अन्य समाचारहरु