खाँचीकोटको खाँची मैदानमा अवैध रुपमा बालुवा चोरी गर्ने ट्याक्टर नियन्त्रणमा

खाँचीकोटको खाँची मैदानमा अवैध रुपमा बालुवा चोरी गर्ने ट्याक्टर नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटको खाँची मैदानमा  प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी भन्दै ट्याक्टरलाई  नियन्त्रणमा लिएको छ । 


खाँचीकोटको खाँची मैदानमा  प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी भन्दै ट्याक्टरलाई  नियन्त्रणमा लिएको हो  । 

हिजो बिहान ०८;०० बजे जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटको खाँची मैदान स्थित प्रहरी चौकी नरपानी अर्घाखाँचीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु ४ त ७३३१ नंम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा चोरी निकासी गरी ल्याएकोले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाईएकोमा रु.१०,०००।– (दश हजार) जरिवाना गरिएको बताईएको छ । 

अन्य समाचारहरु