शितगंगा १३ का वडाध्यक्ष बिसी एक पछि अर्को कर्तुतमा नै ब्यस्त | पदको व्यापक दुरुपयोग

शितगंगा १३ का वडाध्यक्ष बिसी एक पछि अर्को कर्तुतमा नै ब्यस्त | पदको व्यापक दुरुपयोग

अशोक पौडेल
 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितंगगा नगरपालिका वार्ड नः १३ का वडा अध्यक्ष दुर्गा बिसीले आफना नजिकका मान्छेलाई भत्ता खुलाउन बिभिन्न जालसाझी गरेको पाइएको छ ।


वडाध्यक्ष बिसिले पदको दुरुपयोग गर्दै आफना बुवा केश बहादुर भाट क्षेत्रीलाई नियम बिपरित बृद्ध भत्ता खुलाएका छन् । त्यस्तै वडा अध्यक्ष बिसिले तत्कालिन कर्मचारीलाई रु ५ हजार दिएर फकाउदै आफना सहोदर मामा पर्ने बिष्णु भाट क्षेत्रीलाई छोरासगं मात्र ६ बर्षको उमेर अन्तर राखेर बृद्ध भत्ता खुवाएका छन् ।


यसरी उनले करिव वडा नः १३ भित्रका ३२ परिवारका सदस्यहरुको बार्षिक ६ देखि १० हजारसम्मको बार्गेनिङ गरेर सिफरिस गर्ने गरेको पाइएको छ । उनले नेकपा एमाले निकट एक शिक्षकको परिवारवालाई दोहोरो भत्ता खुलाएका छन् ।     

वडामा आफना निकटका लाई भत्ताा खुलाउन उनले आफै सिफारिस गरेका छन भने बाहिर हल्ला गरे पार्टीबाट कारबाही गराउने समेत गराउने चेतावनी बिसिले दिने गरेको एक जनाले बताए ।

उनी आसन्न वार्ड नः १३ को वडाध्यक्षका दावेदार रहेको भएतापनि नेकपा एमालेले उनको ठाउँमा फरक उमेद्धवारको खोजी गरी रहेको बताइएको छ ।

अन्य समाचारहरु