कतार टुरिजम क्यूटीको पहिलो पटक तिन दिने इद फेस्टिवल दोहा कोर्निसमा हुने

कतार टुरिजम क्यूटीको   पहिलो पटक तिन दिने इद  फेस्टिवल दोहा कोर्निसमा हुने

टेक राज थापा 

कतार। कतार टुरिजम (क्यूटी) को आयोजनामा पहिलो पटक तिन दिने इद  फेस्टिवल दोहा कोर्निसमा हुने भएको छ।

सार्वजनिक र निजी क्षेत्रका उद्योग साझेदारहरूलाई उत्सवमा संलग्न गराउने उदेश्यले १६ अप्रिल २०२२ काम दिन एक कार्यक्रम बीच घोषणा गरिएको हो।.

मे २ देखि सुभारम्भ हुने ईद फेस्टिवल ४ मे सम्म रहने बताइएको छ । इस्लाम धर्मलामबिहरुको पबित्र महिना रमजान पर्वहरूको पुन: सुरुवात पछि, स्थानीय तथा आगन्तुक पाहुनाहरूले इद उत्सवमा तीन दिनसम्म रोमाञ्चक पारिवारिक मनोरञ्जन अनुभवहरूको आनन्द लिन सक्नेछन।

फेस्टिवलमा यस क्षेत्रको पहिलो विशाल बेलुन परेड, मार्चिङ ब्यान्डहरू, दैनिक आतिशबाजी, कार्निवल खेलहरू साथै विभिन्न देशका खानाका परिकारका स्टलहरूको समेत रहने छन्।

कतार पर्यटनका अध्यक्ष तथा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले पर्यटन उद्योगमा ठूलो कठिनाइको अवधि पछि हामी एक रोमाञ्चक नयाँ अध्यायमा प्रवेश गरेको भन्दै जनस्वास्थ्य मन्त्रालयको सहयोगी प्रयास र समर्थन प्रति (MoPH) लाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बहुप्रतिष्ठित फिफा विश्वकप कतार-२०२२ को आयोजना गर्न समयमै पुर्वनिर्धारित पर्यटन गतिविधिहरू सफलता पूर्वक सम्पन्न गर्न पुन: सुरु गरेको बताउनुभयो ।

साथै उहाँले कतारका बासिन्दाहरू र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि विभिन्न रोमाञ्चक कार्यक्रमहरु समेटिएको उल्लेख गर्नुभयो ।

अन्य समाचारहरु