छत्रदेव गाउँपालिकाद्धारा सम्पूर्ण वार्डहरूमा राहत वितरण र बजार अनुगमनलाई तिव्रता (फोटो फिचर)

छत्रदेव गाउँपालिकाद्धारा सम्पूर्ण वार्डहरूमा राहत वितरण र बजार अनुगमनलाई तिव्रता (फोटो फिचर)

सुर्य भुसाल 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सम्पूर्ण वार्डहरूमा राहत वितरण र अनुगमनलाई तिव्रता दिएको छ । 


छत्रदेव गाउँपालिकाका सम्पूर्ण वार्डहरूमा वितरण गरिएकाे राहत सामाग्रीहरूकाे गुणस्तर तथा वितरण प्रणालीको  व्यवस्थापन र राहत सामाग्री प्राप्त गर्ने लाभग्राहिहरूकाे अवस्थाकाे बारेमा अनुगमन गरेको हो । 


अनुगमन गर्न प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सहितको कर्मचारीहरुको टोली स्थलगत वार्डहरुमा पुगेर सेवाग्राहीका पिर मर्काबारे जानकारी लिएको थियो ।


खाध्न दिने पसलहरुमा पुगेर गुणस्तरीय सामान छ या छैन भनेर निरिक्षण गरेको प्रमुख प्रसासकिय अधिकृत भुसालले अर्घाखाँचीडट्कमलाई बताउनु भयो । 

अन्य समाचारहरु