शितगंगा नगरपालिकाले यो बर्ष सितापुर र ठाडालाई खरको छानो मुक्त गर्ने

शितगंगा नगरपालिकाले यो बर्ष सितापुर र ठाडालाई खरको छानो मुक्त गर्ने

अराज बेल्बासे

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  आर्थिक बर्ष ०७६–७७ को खरको छानामुक्त कार्यक्रम अन्तर्गत यो बर्ष वार्ड नं. २ सितापुर, ३,४ ठाडालाई छानामुक्त गर्ने निर्णय भए बमोजिम प्रति वार्ड ५६ घरधुरीलाई वितरण गर्ने कार्यका लागि वार्डबासीहरुलाइ बिवरण उपलब्ध गराउन अनुरोध गर्नु भएको छ ।

खरको छानो भएकाहरुले वडा कार्यलयमा सम्पर्क अर्न सक्ने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो । नगरपालिकालाई नै छिटै घरको छानो मुत्त गर्ने योजनामा आफु रहेको तर यो बर्ष ३ वटा वडा मुक्त हुने र आगामि बर्ष क्रमस अन्य वडा समेत हुने नगर प्रमुख अधिकारीले जानकारी गराउनु भयो । अन्य वडामा पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गराइने नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

यस्तै फरक क्षमता भएका, अल्पसंख्यक, दलित र चालु आ.व. भन्दा पहिले आगलागि तथा विपदमा परि प्रहरी मुचुल्का तयार भएका घरहरुले समेत जस्ता पाता प्राप्त गर्ने छन । यस्तै जस्ता प्राप्त गर्नेमा दोहोरो वसोवास तथा अन्यत्र घर भएका व्यक्ति समावेश हुने छैनन् ।

१४ वडानै खरको छानो मुत्त गर्ने योजना नगरपालिकाको रहेको भए पनि वडा नम्बर २,३ र ४ यो बर्ष खरको छानो मुक्त हुने तयारीमा छन । वडा नम्बर ३ मा ५ घर खरको छानो मुत्तहुन बाँकी रहेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । जगरपालिकाले यो बर्ष प्रत्येक वडामा ५४ घरधुरीका लागि जस्तापाता बितरण गर्नलागेको छ । 

यस्तै वडा नम्बर ४ मा ६० घर बाँकी रहेको वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनु भयो । यो बर्ष वडा नम्बर ४ पुर्णरुपमा खरको छानो मुक्त हुने वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । यस्तै वडा नम्बर २ मा पनि विवरण संकलनको काम भइरहेको वडा अध्यक्ष गोवद्धन थापाले जानकारी दिनुभयो ।

अन्य समाचारहरु