लकडाउनको क्रममा आन्दोलनबाट निस्किने गलत नतिजाको जिम्मेवार को ?

लकडाउनको क्रममा आन्दोलनबाट निस्किने गलत नतिजाको जिम्मेवार को ?

सुभाष ज्ञवाली               

बन्दाबन्दीको समयमा पनि यो या उ विषयलाई तताउदै सडकमा आन्दोलन गर्नु आफैमा जाहेज मान्न सकिदैन । आन्दोलनको बीचमा उठेका विषयबस्तुलाइ स्वाभाविक रुपमा लिएतापनि बिच सडकमै उत्रिएर आन्दोलन गर्नु समय सान्दर्भिक खै !कसरी मान्न सकिन्छ । एक त नंया पुस्ताले हिजोको पुस्ताले जस्तै आन्दोलन गर्न ,डुङ्गामुढा हान्नुपर्ने ,टायर बाल्नुपर्ने र सडकका रेलिङ भाच्ने जस्ता अनुत्पादक आन्दोलन आजको दिनमा सुहाउँदैन ।समयको परिवर्तन सङ्गै आन्दोलनका तौरतरिकाहरु परिवर्तन हुनु आवश्यक मानिन्छ ।हामी समयको हिसाबले परिबर्तित भएतापनी विचार र दृस्ठिकोणले फरक हुन नसकेको हो कि भन्ने अनुभुती भइरहेको छ ।           

अहिलेका  आन्दोलन रचनात्मक तथा संदेशमुलक हुनु आवश्यक छ ।राज्यले पनि डुङ्गामुढा र आगजनी नभएसम्म जनताका कुरा नसुन्ने र जनतापनि आन्दोलनका स्वरुपहरु परिवर्तन गर्न नसक्नु आजको पुस्ताको लागि दुर्भाग्यपूर्ण मानिन्छ । अनलाइन दुनियाले फड्को मारेको समयमा जनताले टुइट गरेर ,सामाजिक संजालमा आफ्ना अभिव्यक्तिहरु राखेर ,आपसी सम्बाद छ्लफल गरेर पनि सरकारप्रती आफ्ना भावनाहरु व्यक्त गर्न सक्दछ्न ।जतिसुकै सामाजिक सन्जालको प्रयोग गरेतापनी सम्वृद मानिएका देशहरूबाट सिकेर हो या कसैबाट परिचालित भएर हो अहिले युवाहरू दिनप्रतिदिन सडकमा तातिने गाइगुइ सुनिराखिएको छ । सरकारले गरेका क्रियाकलापहरुको अनुगम  विभिन्न निकायहरुको प्रयोग गरेर उचित ब्यबस्थापन गर्न सकिन्छ तर यो माहामारिको समयमा लकडाउन नै उल्लंघन गरि सडक तताउनु आफैमा लज्जास्पद विषय हो ।        

हो.., सरकार जनताप्रती उत्तरदायी हुनुपर्छ ,जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषको रकम खर्च गर्दा पारदर्शिता र मितब्ययिता अपनाउनु पर्दछ तर त्यसको लागी पनि निश्चित प्रक्रिया र समय हुन्छ ,यदि कसैले अनियमितता गरेको प्रमाणित भए निजलाइ आजिवन जेल सजाय गर्दै परिवारलाई सामाजिक बहिष्कार समेत गर्नु आजको आवश्यकता हो ।        

सरकारको राम्रो कामको प्रसम्सा र गलत कामलाई खबरदारी गर्नुपर्दछ ।कोरोनाको संक्रमण दिनानुदिन बढीरहेको अवस्थामा देश आजपनि लकडाउनमै छ यस्तो बेलामा भिडभाड गरेर सडक तताउदा संक्रमण फैलिने सम्भावना कस्तो रहला ?एकचोटि सबैले सोच्नुपर्ने विषय आएको छ ।                        .

सिमाबिबाद ,एम सि सि काण्ड,साम्सद सरिता गिरिको विषय र राज्यद्वारा  खर्च गरिएको भन्ने १० अर्वको विषयलाइ लिएर चासो र आफ्नो प्रतिक्रिया दिनु त जाहेज मानिन्छ होला तर बन्दाबन्दीकै समयमा सडक तताउनु र सडकबाट नै सरकार ढलाउन प्रयत्न गर्नु अहिलेको समय सान्दर्भिक मान्न सकिदैन ।जतिसुकै चिल्ला भाषणमा कोरोनाको नियन्त्रणमा आवाज उठाएतापनि युवा नेताहरु भिडभाड जम्मा गरि परम्परागत रुपमा आन्दोलन गर्नु आफैमा नाजायज मानिन्छ ।        

सत्तापक्षका समर्थकहरुले सरकारले गरेका गलत कामको बिरोध तथा आलोचना गर्न नसक्नु र प्रतिपक्षहरुले सरकारका राम्रा कामको समर्थन गर्न नसक्नुले पनि  आजको यो अवस्था  सिर्जित भएको हुन सक्दछ ।त्यसैले राम्रा कामको समर्थन र नराम्रा कामको बिरोध खुलेर हरेक नागरिकले गर्न सक्ने हो भने त्यसैगरी राज्यको चौथो अंग भनेर चिनिने पत्रकारिता क्षेत्रले कुनै पाटिको पक्ष नलिइ सत्यतथ्य विषयबस्तुलाइ बाहिर ल्याउन पहल गर्ने हो भने केहि हद्सम्म गलत कामको भण्डाफोर गर्न सहयोग मिल्दछ ।  हरेक नागरिक राजनिती भन्दामाथी उठेर सहिलाइ सहि र गलतलाई गलत भन्न सक्ने हो भने देशले केहि हदसम्म मुहार फेर्ने थियो कि ??          

  विश्वका विभिन्न मुलुकमा पनि लकडाउनको समयमा भएका अराजक गतिविधिले त्यो ठाउमा फैलिएको कोरोना संक्रमणलाई हेर्दापनि हामीले पाठ सिक्नुपर्ने अवस्था सिर्जना भएको छ तर बिसम परिस्थितिलाई ख्यालै नगरि सडक आन्दोलन गर्नु समस्याको समाधान हुन सक्दैन त्यसैले उपर्युक्त बिकल्प खोजेर सरकारलाई झकझकाइरहनु अहिले उपर्युक्त मानिन्छ ।

अन्य समाचारहरु