ठाडाको रजियामा अपांगतालाई खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न

ठाडाको रजियामा अपांगतालाई खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा गाउँपालिका वार्ड नं. १२ ठाडाको रजियामा अपांगतालाई खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न भएको छ । 


आर्थिक बर्षं २०७८/०७९ को स्विकृत कार्यक्रम अनुसार वार्डबासीहरुलाई खानेपानी टंकी बितरण गरीएको हो ।


वार्ड अध्यक्ष बाबुराम गैरेले वार्डका १० जनालाई ५०० लि. का  बितरण हिलट्याङकी गर्नु भएकाे थियो । महिला दिदिबहिनीहरुलाई खानेपानीको समस्याका कारण घण्टौँ हिडेर खानेपानी बोक्नु पर्ने समस्यालाई अन्त्य गर्नको लागि टंकी बितरण गरीएको गैरेले बताउनुभयो । 

अन्य समाचारहरु