अर्घाखाँचीमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न | आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने तयारी (फोटो फिचर)

अर्घाखाँचीमा  स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न | आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने तयारी (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। जिल्लाभर मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।  


जिल्लाका ९६ वटा मतदानस्थलमा मतदाताहरु आज शुक्रबार बिहान ७ बजेखि   बेलुका ५ बजेसम्म मतदान गरेका थिए । 


सन्धिखर्क ९ नम्बर वडाको मतदान केन्द्रमा १ घन्टा केहि विवादका कारण रोकिए मतदान पुन सुचारु भएको थियो । यस्तै मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीको शान्ती मा.वि मतदान केन्द्रमा झडप हुँदा केही छिन् मतदान रोकिएको थियो ।


जिल्लाभर एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । 


३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र थिए भने १ लाख ६३ हजार ८ सय १५ मतदाता थिए । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने थिए ।

जिल्ला निर्वाचन कार्यालयले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना शुरु गरिने छ । मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।


जिल्लाका ६ स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।

संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो। निर्वाचनमा १८ वर्षदेखि बृद्धबृद्धासमेत मतदान गरिरहेका छन्। केही त अक्सिजनसमेत बोकेर मतदानमा सहभागी भएको देखिन्छ भने केही अरुको सहायतामा मतदान प्रकृयामा भाग लिएका छन्।

२०७४ मा भएको निर्वाचनमा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा देखि सकिँदै छ।


अर्घाखाँचीमा  स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न | आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने तयारी (फोटो फिचर)

अन्य समाचारहरु