अर्घातोषका कम्मर मुनीको भाग नचल्ने गोविन्दलाई आर्थिक सहयोग (तस्बिरहरु)

अर्घातोषका कम्मर मुनीको भाग नचल्ने गोविन्दलाई आर्थिक सहयोग (तस्बिरहरु)


प्रेमनारायण आचार्य

अर्घातोष, अर्घाखाँची २३ फागुन ।  अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १ अर्घातोष चौरीका कम्मर मुनीको भाग नचल्ने अपांग गोविन्द नेपालीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 


नेपाली कांग्रेस वडा कार्य समिति मालारानी १ को अनुरोधमा मालारानी वडा नम्वर १ चौरीका स्थानीय पुस्तक पाण्डेको पहलमा अपांग गोविन्द नेपालीलाई ३८ हजार ५ सय रुपैया आज हस्तान्तरण गरिएको हो । समाजसेवी पाण्डे र उनकी श्रीमती मिना पाण्डेले उक्त रकम कम्मर मुनीको कुनैपनि भाग नचल्ने  नेपालीलाई हस्तान्तरण गरेका हुन् । 


अति गरिबीको चपेटामा रहेका नेपालीको कम्मर मुनीको कुनै पनि भाग चल्दैन् । दुइ छाक खान पनि अरुको सहयोगको आबश्यक रहेको उक्त परिवारमा एक बृद्ध आमा र उनका एक ५ बर्षिय छोरा छन् । 


रोजगारीको सिलसिलामा मलेसियामा रहेका पुस्तक पाण्डेको पहलमा मलेसियाको एसकेपी कम्पनीमा कार्यरत नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका वडा सभापति भरत थापाले गर्नु भएको हो ।

अन्य समाचारहरु