कोरोना संक्रमितको संख्या, कुन जिल्लामा कति थपिए ?

 कोरोना संक्रमितको संख्या, कुन जिल्लामा कति थपिए ?
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा चार सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ३५ महिला र ४ सय १६ पुरुष छन्।

मुलुकभरका २१ प्रयोगशालामा गरिएको परीक्षणमा पाँच हजार २ सय ६ स्वाब परिक्षणका क्रममा चार सय ५१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ६ हजार दुई सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै नारायणी अस्पताल प्रयोगशालामा पर्साका १० जना र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला पोखरामा तनहुँका पाँचजनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा डोटीका ४, अछामका ३ र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका ५ बर्दियाका १६ र प्यूठानका ३ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशालामा दैलेखमा ५ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल प्रयोगशालामा दैलेखकै ८८ जना र सुर्खेतका १९ जनामा पनि संक्रण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा महोत्तरीका २०, धनुषाका ४ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा नुवाकोटका ३, अर्घाखाँचीका ३ र चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ र रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्पताल प्रयोगशलामा सुनसरीका ३, मोरङका २१, झापाका १ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल प्रयोगशालामा रोल्पाका ४ र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रयोगशालामा दाङमा ४३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ।

हेटौंडामा गरिएको परीक्षणमा रौतहटका २५ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल टेकुमा धादिङका ९ जना र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पतालमा ललितपुरका १ र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, गुल्मीका ७ र कपिलवस्तुका १ जना छन्। त्यस्तै महोत्तरीका १०, पाल्पाका १० र रौतहटका ७६ जना रहेका छन्। रुपन्देहीका ७, सिराहाका ४ र सर्लाहीका २३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये ५ हजार १ सय ५१ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६७ जना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ७ जना महिला ६० जना पुरुष डिस्चार्ज भएका छन्। योसँगै एक हजार ४१ जना संक्रमित डिस्चार्ज भएका छन्। जस मध्ये १ सय ४ महिला र ९ सय ३७ जना पुरुष छन्।

अन्य समाचारहरु