श्री भगवती मावि कुर शंखेटारीमा विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न (तस्बिरहरु)

श्री भगवती मावि कुर शंखेटारीमा विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न (तस्बिरहरु)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-२ सन्धिखर्क अवस्थित श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 


कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।


 कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ श्याम भुसालले कार्यक्रम आयोजना गरेरको कक्षा ११ का विद्यार्थीहरुलाई धन्यवाद दिदै कक्षा १२ का विद्यार्थीहरुलाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रम पुर्व शिक्षक मुकुन्द राज आचार्य लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु