भारतको लुधियानामा भव्य सांस्कृतिक कार्यक्रम हुँदै,नायक विराज भट्ट सहित डिआरजी सुमन लुधियाना आउँदै

भारतको लुधियानामा भव्य सांस्कृतिक कार्यक्रम हुँदै,नायक विराज भट्ट सहित डिआरजी सुमन लुधियाना आउँदै

डिआरजी सुमन
 
लुधियाना (अर्घाखाँचीडट्कम) । भारतको लुधियानामा भव्य सांस्कृतिक कार्यक्रमको तयारी नेपाली सुपरस्टार नायक विराज भट्ट,डिआरजी सुमन,लोक दोहोरी गायिका तथा मोडल भावना आचार्य, लोक दोहोरी गायिका शिलु भट्टराई,लोक दोहोरी गायक खुमन जोसीको विशेष प्रस्तुति सहित पंजाबी संस्कृति झल्काइने भाङ्डा नृत्य समेत रहने आयोजक संस्था डिपी सांस्कृतिक रंगमंच का डाइरेक्टर दिलीप वोलायरले अर्घाखाँची डट्कमलाई वताउनु भएको छ । 


भारतको स्मार्ट सिटी लुधियानाको गुरुनानकदेव भवनमा जनवरी १३ को दिन आयोजना गरिएको कार्यक्रममा अर्घाखाँची डटकम समाचार सम्पादन, परराष्ट्र मामला तथा व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमन समेत पुग्ने कार्यक्रम छ । 

नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रीय स्तरमा चिनाउने उद्देश्य लिएर विभिन्न कार्यक्रम गर्दै आउनु भएका वरिष्ठ समाजसेवी तथा सफल व्यावसायि विकास रेश्मीको विशिष्ट आथित्यता रहने कार्यक्रममा पंजाबका पूर्व कैबिनेट मन्त्रि सरदार महेशईन्दर सिंह ग्रेवाल को प्रमुख आथित्यता रहने लोक दोहोरी गायक खुमन जोसी ले जानकारी गराउनु भएको छ । 

नेपाली कला संस्कृति को जगेर्ना गर्दै आएको डिपी सांस्कृतिक रंगमंचले समय समयमा भारत को विभिन्न शहरमा विविध सांस्कृतिक कार्यक्रम गर्दै स्थापित भएको छ । - विकास रेष्मी/लुधियाना ।

अन्य समाचारहरु