हिन्दू राष्ट्र घोषणा गर्न र जातीय प्रदेश नबनाउन माग गर्दै राप्रपा नेपालद्धारा जेठ पाँच गते नेपाल बन्दको आह्वान

नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्न र जातीय प्रदेश नबनाउन माग गर्दै राप्रपा नेपालले पनि आगामी जेठ पाँच गते नेपाल बन्दको आह्वान गरेको छ ।
 
 राप्रपा नेपाल संसदीय दल र केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको संयुक्त बैठकले संविधानमा नेपाललाई सर्वधर्म समभावमा आधारित सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र घोषणा गर्न माग गरेको हो । साथै संघीयताको नाममा मुलुकलाई जातीय राज्यमा विभाजन नगर्न र अखण्ड राष्ट्र कायम गर्न पनि राप्रपा नेपालले माग गरेको छ ।

वैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १४ मा संविधानको मस्यौदा बनाई रुपान्तरित संसदले बाँकी काम सम्पन्न गर्ने भन्ने संविधान सभाका अध्यक्षको अभिव्यक्ति पदीय आचरण बिरुद्ध भएको भन्दै आपत्ति जनाउनुभयो । RSS

अन्य समाचारहरु