सन्धिखर्क मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई मातृशाेक

सन्धिखर्क मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई मातृशाेक

नविन रसाईली | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ।  उद्योग वाणिज्य संघका पुर्ब केन्द्रीय सदस्य तथा नेकपा एमाले सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई मातृशाेक परेको छ ।
 
श्रेष्ठकी ममतामयी माता उमाकुमारी श्रेष्ठको ८६ बर्षकाे उमेरमा  आज बिहान सन्धिखर्क २ संखेटारी स्थित आफ्नै निवासमा निधन भएको हाे । 

मृतक श्रेष्ठका श्रीमान नन्दलाल श्रेष्ठ,  ३ छाेराहरु  ठाकुर प्रसाद श्रेष्ठ , कृष्णप्रसाद श्रेष्ठ र काजी श्रेष्ठ , दुई छाेरी  माया श्रेष्ठ, तारा श्रेष्ठ रहेका छन् ।

मृतक श्रेष्ठकाे आज गच्छेघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्राेतले बताएको छ ।

अन्य समाचारहरु