अर्घा स्वास्थ्य चाैकीमा घरमा शून्य प्रसुती बनाउने अभिमुखिकरण गाेष्ठी सम्पन्न (तस्बिरहरु)

अर्घा स्वास्थ्य चाैकीमा घरमा शून्य प्रसुती बनाउने अभिमुखिकरण गाेष्ठी  सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घा स्वास्थ्य चाैकीमा घरमा शून्य प्रसुती बनाउने अभिमुखिकरण गाेष्ठी  सम्पन्न भएको छ । 


अर्घा स्वास्थ्य चाैकीमा बिहिवार घरमा शून्य प्रसुती बनाउने अभिमुखिकरण गाेष्ठी  सम्पन्न भएको हो ।


यहाँ विगत दुई बर्ष देखि होम डेलिभरी शून्य भएको छ । 


यस्तै यहाँ हरेक गर्भवतीको घरमा हरियो झण्डा राख्ने, बर्थिङ सेन्टरबाट टाढा भएका समुदायलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, यो अभियानलाई आम नागरिकसम्म पुराउन हेफरका महिला समूह, महिला स्वास्थ स्वयंसेविका, बिधालय, वार्ड कार्यालय र स्वास्थ्य संस्थाले सचेतता कक्षा संचालन गर्दै आएका छन् ।  

अन्य समाचारहरु