अर्घाखाँची जन्मेकी चर्चित गायिका सुनीतामीको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक

अर्घाखाँची जन्मेकी चर्चित गायिका सुनीतामीको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक

अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जन्मेकी चर्चित गायिका सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ ।


सुनीतामी र  गायक खेम सेन्चुरीको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ शुक्रबार सार्वजनिक भएको हो । गीत खेम सेन्चुरी युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको छ ।

लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ लाई तेजु सुनामले लेखेका हुन् । भने सङ्गीत स्वयम् गायक सेन्चुरी, एरेन्ज श्यामस्वेत रसाइली, बासुरी रत्न बिकेको रहेको छ । यस्तै म्युजिक भिडियोमा खेम र केकी अधिकारीले मोडलिङ गरेका छन् ।

साथै गीतको अडियो-भिडियो संस्कृति म्युजिक प्रालीको रहेको छ । नयाँ शैली लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ लाई दर्शकहरुले पहिले जस्तै मन पराउने अपेक्षा गरिएको छ ।

अन्य समाचारहरु