मालारानीभर विप्लव नेकपाद्धारा एमसीसीविरुद्ध विरोध प्रर्दशन

मालारानीभर विप्लव नेकपाद्धारा एमसीसीविरुद्ध विरोध प्रर्दशन


अनिल नेपाली 

खनदह, अर्घाखाँची ७ फागुन । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले राष्ट्रघाती एमसिसि परियोजनाका विरुद्धमा शुक्रबार मालारानी गाँउपालिकाको खनदहमा  विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । 


कार्यक्रमलाई जिल्ला सदस्य नविन खड्काले सम्वोधन गदै एमसिसि नेपाल र नेपाली जनताको हितमा नभएकोले एमसिसीको पक्षमा कुरा गर्ने राजनितिक दल सबैलाई बहिष्कार गर्ने एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गनुपर्ने बताउदै राष्ट्रघात र जनघातका श्रृङ्खला बढ्दा नेपाली जनता र क्रान्तिकारी पार्टीले टुलु टुलु हेरेर नबस्ने बताउदै यस्ता गलत र राष्ट्रघाती क्रियाकलापको नागरिकले प्रतिवाद गनुपर्ने बताए  कार्यक्रममा, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली लगाएतले कार्यक्रमलाई सम्वोधन गनुभएको थियो कार्यक्रममा उल्लेखनीय मात्रामा नेता कार्यकर्ताको  उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु