मालारानीको अर्घातोष क्वारेन्टाइनमा रहेका १८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आयो

मालारानीको अर्घातोष क्वारेन्टाइनमा रहेका १८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आयो

दिपेन्द्र खत्री

अर्घातोष, अर्घाखाँची जेठ २५ ,२०७७ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं २ अर्घातोषको क्वारेन्टाइनमा रहेका १८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ  देखिएको छ ।

अर्घातोषको देउराली अाधारभुत मा १० र सर्बाेदय प्रबिकाे क्वारेन्टाइनमा रहेका ८ जना गरी १८ जनाकाे  आरडिटी रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (बिनाेद)ले जानाकारी दिनुभयाे  ।

छिमेकी मुलुक भारतबाट जेठ १० गते मालारानी आएका उनिहरुलार्इ  दुई बिधालयकाे क्वारेन्टाइन राखिएको थियो । उनी हरुको अबधि पुरा भइसकेपछि जेठ २५ गते स्वास्थ्य परीक्षण गर्दा १८ जनामा आरडिटी रिपोर्ट नेगेटिभ देखिएको हो ।

 अब सबै जनालाई घरमा सुरक्षीत होम क्वारेन्टाईनमा पठाइएको वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (बिनाेद )ले जानाकारी दिनुभयाे ।

आरडिटी रिपोर्ट आउँदैमा कोरोना पुष्टि नहुने भएकाले कोरोनाको हल्ला नफैलार्इ सबैलाई सावधानी अपनाउन वडा अध्यक्ष भुसाल ले आग्रह गर्नुभयाे।

अन्य समाचारहरु