टोप बहादुर रायमाझीद्धारा जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीको कमर्ड हलको शिलान्यस, पार्टी फुटको हल्ला निरधार रहेको उल्लेख

गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची ।  २५ जेठ । पार्टी कुनै हालतमा नफुट्ने एकमाओवादीका सचिव तथा संसददीय उप नेता टोप बहादुर रायमाझी बताएका छन् । पार्टी फुट्ने हल्ला निराधार हो, रायमाझीले भने कुनै एक समुहले हल्ला चलाएको छ, त्यसमा कुनै दम छैन्, पार्टी फुट्दै फुट्दैनन् उनले भने ।

पार्टीमा समान्तर कमिटी बाहिर आएको कुरा हल्ला मात्र भएको बताउदै आफनो समुहले पार्टी भित्र रहेर संघर्ष गर्ने बताए । विधि र कार्यदिशामा पार्टीकमा आफनो पक्षले छलफल चलाएको स्वार्कार गदै नयॉ रुपान्तर सहितको नयॉ पार्टी बनाउन आफुहरु लागी परेको बताए ।

नेता रायमाझीले १ वर्ष भित्रमा सविधान बन्ने बताए । सविधान निर्माणका लागी आफनो पार्टीले जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । सरकार सविधान निर्माण तर्फ भन्दा अरु विषयमा लागेकाले खवदारी सरुप आफुहरुले संसद बहिष्कार गरेको बताए । संघर्षले पार्टीलाई थप एकजुट बनाउने बताए ।

जिल्ला खेलकुद विकास समितीको कमर्ड हलको शिलान्यस गदै रायमाझीले जिल्लामा सबै विकास निर्माणले पुर्णता दिन आफुले पहल गरिरहेको बताए । कुल ६२ लाखको लागतमा सम्पन्न हुन लागेको हलको २० मिटर चौडाई,३० मिटर लम्वाईको बन्न लागेको समितीका अध्यक्ष हरि प्रसाद भट्टराईले जानकारी दिए । जिल्लाको मुटुमा रहेको सालझन्डी ढोरपाटन सडकको ट्याक खुलेको भन्दै पर्यटकिय स्थल बनाउने सपना पुरा हुन लागेको बताउनुभयो ।

अन्य समाचारहरु