पटौटीकी क्यान्सर पीडित युवतीलाई पन्थीले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरे

पटौटीकी क्यान्सर पीडित युवतीलाई  पन्थीले  आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरे


दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 

पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सामाजिक अभियान्ता अविजित पन्थीले आफ्नो जन्मदिनको अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीकी क्यान्सर रोग पीडित युवतीलाई आर्थिक सहयोग गरेका छन् ।  


पन्थीले आफ्नो जन्मदिनको अवसरमा पटौटीकी क्यान्सर रोग पीडित कमला पुन रेश्मीको उपचारको लागि ३ हजार २ सय ३३ रुपैया आर्थिक सहयोग गरेका हुन् ।  

पटौटीका श्याम बहादुर रेश्मीकी २२ वर्षिया श्रीमती क्यान्सर रोग पीडित कमला पुन रेश्मीलाई आर्थिक समस्या परेको छ । 


उनको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार चलेको छ । भने परिवारले आर्थिक जुटाउन नसक्दा  थप नियमित उपचारका लागि समस्या परेको छ । यस्तै परिवारको आर्थिक अवस्थ्या निकै कमजोर रहेको छ । 

साथै उनलाई बचाउन कसैले सहयोग गर्न चाहेमा उनका श्रीमान श्याम बहादुर रेश्मी  ९८६४५८३०९६ र समाजसेवी हरि घिमिरे ९८४७१०४५०३ मा संपर्क गर्न सकिनेछ । 

अन्य समाचारहरु