पणेनामा डिआरजी सुमन फ़ैन्स कल्व नेपालद्वारा शैक्षिक सामग्री वितरण (तस्बिरहरु)

पणेनामा डिआरजी सुमन फ़ैन्स कल्व नेपालद्वारा शैक्षिक सामग्री वितरण (तस्बिरहरु)


डिआरजी सुमन 

पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मानवीयता निष्पक्षता र पत्रकारिता मुल सिद्धांतमा संचालित डिआरजी सुमन फ़ैन्स कल्व नेपाल लेदेश विदेशमा सामाजिक सेवालाई तीव्रता दिदै आएको छ । 


यसै सिलशिलालाई निरन्तरता दिदै आज सोमवार अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिकावडा नं १ पणेनामा रहेको गोरक्षनाथ आधारभूत विद्यालयमा अध्यायनरत सवै विद्यार्थी लाई कापी र पेन वितरण गरिएको छ । 


डिआरजी सुमन फ़ैन्स कल्वकै सदस्य सचिव नेत्र वहादुर नेपाली को छोरा रोस वहादुर नेपालीको जन्मदिनको अवसर पारेर शैक्षिकसामग्री वितरण गरिएको छ । 


पाणिनि गाँउ पालिका वडा नं १ का वडा अध्यक्ष शालिकराम भट्टराई,वडा सदस्य गिता पोखरेल,स्वतन्त्रपत्रकार डिआरजी सुमन, विद्यालय व्यावस्थापन समिति अध्यक्ष खेमराज कंडेल ,शिक्षक अभिभावक संघ का लिलामणीपोखरेल,प्रधानाध्यापक चन्द्रमणी पोखरेल, शिक्षक ओमप्रकाश पोखरेल,डिआरजी सुमन फ़ैन्स कल्वका सचिवालय सचिव नेत्रनेपाली,डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य दीनानाथ घिमिरे,रोस वहादुर नेपाली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।- तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।


अन्य समाचारहरु