खिल्जीका मिर्गौला पिडितलाई अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको पहलमा आर्थिक सहयोग प्रदान

खिल्जीका मिर्गौला पिडितलाई अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको  पहलमा आर्थिक सहयोग प्रदान


बिनोद श्रेष्ठ | माधव खनाल 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको  पहलमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका -६ खिल्जी धारिचौरका मिर्गौला पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ।


खिल्जी धारिचौरका मिर्गौला पिडित बाबुराम बेल्बासेलाई आर्थिक सहयोग  प्रदान गरेको हो । 

उहाँ बिगत ४ महिना देखि मिर्गौलाको समस्या आएपछी काठमाडौको बनस्थली स्थित किड्नी सेन्टरमा उपचार को क्रममा हुनुहुन्छ। उहाँको किड्नी ट्रान्सपलान्ट गर्नुपर्ने भएकाले ठूलो धनरासीको आबस्यक पर्ने र परिवारको आर्थिक स्थिती निकै कमजोर भएकोले अर्घाखाँची सम्पर्क मन्चले कोरियामा कार्यरत नेपालीहरु बिच अभियान सन्चालन गरि आर्थिक साहेता गरियको हो।

मिति २०७८/११/१६ गते सोमबारको दिन समितीका पुर्ब सल्लाहकार  प्रकाश दाई ,सह कोसाधक्ष्य  योगेस भुसाल , राम्जी बन्जाडे लगाएतको उपस्थितीमा १ लाख २६ हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरिएको थियो।  
सहयोग रकम यसप्रकार रहेको छ ।

१) अर्घाखाँची कोरिया सम्पर्क मन्च - १, २६०००/-
२) बेल्बासे कुलान समुह खिल्जी - ५०,०००/-
३) तिर्थराज बेल्बासेको सकृयतामा बेल्जियमबाट - ६१, ५००/-
४) कोरियाबाट -
    - ढुन्डिराज बन्जाडे, अंसुरकोट - ५०००० वन
     - इश्वर बन्जाडे , अंसुरकोट - ५०००० वन
     - गोबिन्द बेल्बासे, अंसुरकोट - ५०००० वन
      - रेसम गैरे,  खिल्जी - ५०००० वन
     - सन्तोस बेल्बासे,  अंसुरकोट - २००० वन
      - हिमाल श्रेस्ट,  अंसुरकोट - १५००० वन
     - पदम बन्जाडे ,  अंसुरकोट १५,००० वन

  गरी इश्वरि बन्जाडेले  बाबुरामको खातामा २५५०० ( पच्चिस हजार पाँच सय )  जम्मा गरिदिनु भएको ।

 ५) कोरियाबाटै -
      
     रिस्तिक रिजाल,  झापा  १००००० वन
 कपिल लामिछान, चितवन   २०००० वन
 प्रकाश घिमिरे रुपन्देही  २०००० वन 
 गनेश बन्जाडे खिल्जी  ४०००० वन
 सुरज जिसी खिल्जी २०००० वन
 तुल्सिराम बन्जाड ,  असुरकोट  २०००० वन 
  छबिन्द्र मगर,  खिल्जि   २०००० वन

गरी गणेश बन्जाडेले  बाबुरामको खातामा २४००० ( चौबिस हजार) 
जम्मा गरिदिनुभएको ।

 ६)  रुपन्देही सम्पर्क समाजबाट - रु - ३३०००/- (तेत्तिस हजार)
 ७) बाबुराम पौडेल   खिल्जी नेटा हाल पोखराबाट - रु- ६०००/-
 ८)  सुनिल श्रेस्ठ   ,  अंसुरकोट हाल अस्ट्रेलियाबाट - १०,०००/-
  ९)  गणेश भन्डारी ,  अंसुरकोट - रु, १०००/-
 १०) धर्म बेल्बासे   ,  खिल्जी हाल अमेरिकाबाट - रु, १५०००/-
  ११)  नाम नखुलेको ( दिनेस पोख्रेलले पठाएको) - रु, २०००-

अन्य समाचारहरु