१५ औं गणतन्त्र दिवसको अवसरमा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानद्वारा शुभकामना व्यक्त

१५ औं गणतन्त्र दिवसको अवसरमा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानद्वारा शुभकामना व्यक्त

 

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ - आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई ।

 लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो ।  आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले १५ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । साथै अकरम पठानले  १५ औं गणतन्त्र दिवसको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे। 

एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास पठानले व्यक्त गरेका छन् ।
 

अन्य समाचारहरु