दुर्गाफाँटमा डिआरजी सुमन फ़ैन्स कल्व नेपालका उपाध्यक्ष भट्टराईलाई स्वागत कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)

दुर्गाफाँटमा डिआरजी सुमन फ़ैन्स कल्व नेपालका उपाध्यक्ष भट्टराईलाई स्वागत कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन
 
दुर्गाफाँट, अर्घाखाँची वुधवार २६ माँघ २०७८ । मानवीयता निष्पक्षता र पत्रकारिता मुख्य सिद्धान्त वनाएर विश्वंभर आफ्नो संजाल मार्फ़त क्रियाशील संस्थाडिआरजी सुमन फ़ैन्स कल्व नेपालका उपाध्यक्ष भट्टराईलाई अर्घाखाँचीको पाणिनि गाँउपालिका दुर्गाफाँटमा स्वागत भएको छ ।


पाणिनी गाँउ पालिका वडा नं ३ दुर्वाशेस्वर गुफा प्रांगणमा स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि पर्यटन समाज का अध्यक्ष झविनसुनाम,पाणिनि पर्यटन समाज का व्यावस्थापक रोनाकान्त भट्टाराई, ओम ईन्टरटैनमैन्ट प्राली का महासचिव वसन्त केसी ,पाणिनि गाँउपालिका कृषि प्रविधिक दधिराम अधिकारी ले खादा तथा अविर ले स्वागत गर्नु भएको छ ।


वैदेशिक रोज़गारको क्रममा सउदी अरेवियामा रहदै आउनु भएका गोपाल भट्टराई ले डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त मानवीय सेवा मा अति महत्वपूर्ण भूमिका निभाई रहनुभएको वताउदै ओम ईन्टरटैनमैन्ट प्राली का महासचिव वसन्त केसी ले  उहाको योगदान प्रति सम्मान व्यक्त गर्नु भएको छ ।


यस्तै पाणिनी पर्यटन समाजका अन्तराष्ट्रीय प्रतिनिधि समेत रहनु भएका भट्टराई सामाजिक कार्यको सम्मान गर्दै पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनामले भट्टराईलाई स्वागत गर्न पाऊँदा खुसी भएको धारणा राख्नु भएको छ । पाणिनि गाँउ पालिका कृषिप्राविधिक दधिराम अधिकारी ले गोपाल भट्टराई ले सउदी अरेवियामा वसेर पनि डिआरजी सुमन फ़ैन्स को उपाध्यक्ष पदमा रहदै कल्वकोमाध्यमवाट सामाजिक कार्य मा भूमिका निभाई रहनु भएकोमा धन्यावाद दिनु भएको छ ।


पाणिनी गाँउ पालिका सहित विभिन्न स्थानमागोपाल भट्टराई ले राहत तथा सहयोग कार्यमा लागेर सम्मानित काम गरेकोले आज स्वागत गर्ने वातावरण वनेको पाणिनि पर्यटन समाजका व्यावस्थापक रोमाकान्त भट्टराई को धारणा रहेको थियो ।


वैदेशिक रोज़गारकै लागी विदेशमा रहेको अवस्था मा पनि मानवीयसेवामा डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त मानवीयताको पक्षमा निरन्तर काम गरेको वताउदै कसैलाई पनि आपत परेको समयमाडिआरजी सुमन फ़ैन्स कल्व मार्फ़त कार्यक्रम संचालन भईरहेको वताउनु भएको छ ।- तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु