सन्धिखर्क नगरपालिकामा एमालेका कृष्ण प्रसाद श्रेष्ट र मिश्रा आचार्यको अग्रता

सन्धिखर्क नगरपालिकामा एमालेका कृष्ण प्रसाद श्रेष्ट र मिश्रा आचार्यको अग्रता

हरिप्रसाद भुसाल / जेठ १ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नेकपा एमोलेका कृष्ण प्रसाद श्रेष्ठले अग्रता बढाउदै जानुभएको छ ।

सन्धिखर्कमा नेकपा एमालेका श्रेष्ठले २८८२ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी शान्ता भण्डारीले १९७५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेका उम्मेदवार मिश्रा आचार्यले २३८२ मत प्राप्त गर्दा गठवन्धन पक्षधर नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले २००८ मत प्राप्त गर्नुभएको छ । 

हालसम्म मतगणना सकिएको वडा नं. १ र वडा नं १२ मा नेपाली काँग्रेसले जितेपनि मेयर उपमेयरले भने आफ्नो दवदवा कायमै राखेका छन् । हाल सन्धिखर्क नगरपालिका वडा नं. २ को गणना जारी छ । वडामा पनि नेकपा एमालेकै अग्रता छ ।

अन्य समाचारहरु