शितगंगा नगरपालिकाभरका क्वारेन्टाइनमा ३६ जना, ८ जनाको आरडीटी टेस्ट नेगेटिभ

शितगंगा नगरपालिकाभरका क्वारेन्टाइनमा ३६ जना,   ८ जनाको आरडीटी टेस्ट नेगेटिभ


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची । अर्घाखाँचीको  शितगंगा नगरपालिकामा बिभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका ३६ जना मध्ये ८ जनाको डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।


नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलका अन्सुआर लापेमा रहेको क्वारेन्टाइनमा ८ जना बाग्लुङबाट आएकाहरु रहेको तथा वार्ड नम्बर १ को हल्देमा काठमाडौ लगायत स्थानबाट आएका ६ जना रहेका छन् । 

यस्तै वार्ड नम्बर ९ मा १८ जना क्वारेन्टाइनमा रहेका छन्।  यस्तै वार्ड नम्बर ११ मा १४ जना क्वारेन्टाइनमा रहेका छन्  । 

 

अन्य समाचारहरु