भूमिगत पृष्ठभूमि

**नीम राना**

अाँकलन गर्न मुश्किल छ,
यो बोटको जरा कति छ,
कहाँसम्म फैलिएको छ,
अति गोप्य ,
जराको हाँगा कति कति,
नजर अन्दाज भन्दा पर कति कति,
जिन्दगीको रहस्य जस्तो,
शुक्ष्मदर्शक यन्त्रले पनि नदेखिएको,
हिड्डेन हेभेन जस्तो।
अाइसबर्ग फेनोमेनाजस्तो,
अाइस पोलिसी,
अाइस टेक्निक,
अाइस सलाइस जस्तो,
उस्को भूमिगत पृष्ठभुमि,
कति कति रहस्य जमिनमुनि।

क्षितिज छ भन्छन्,<
जति नजिक हुन खोज्यो त्यति टाढा भइदिन्छ,
कहाँ कहाँबाट रक्तस्राव भइरहेछ,
झन् पछि झन् चुहिरहन्छ,
यस्तो छ रहस्य,
यस्तो छ सस्पेन्स,
अब त कैल्यै पत्ता नलाग्ने भएको छ,
उहाँको भूमिगत पृष्ठभूमि,
उहाँको ब्लेक होल जस्तो भँवर कहानी,
ह्यालुसिनेसन महसुस,
हो कि हो कि जस्तो 
सडक पानी बगिरहेजस्तो,
उहाँको जिन्दगी ,
उहाँको पृष्ठभूमि।