पोखराथोकमा शिवशक्ति बहुउद्देश्यीय सहकारीको कार्यालय उद्घाटन, प्रारम्भिक साधारण सभा सम्पन्न

पोखराथोकमा शिवशक्ति बहुउद्देश्यीय सहकारीको कार्यालय उद्घाटन, प्रारम्भिक साधारण सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकमा शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यालय उद्घाटन तथा प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । 


पोखराथोकमा आज शनिवार शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यालय उद्घाटन तथा प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । 


कार्यक्रममा   अध्यक्ष अच्युत गौतम,  उपाध्यक्ष लक्ष्मी गौतम, वडाअध्यक्ष शालिकराम भट्टराई, पाणिनी कृषि शाखा प्रमुख मेगराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रम  सहकारीका अध्यक्ष अर्जुन पोख्रेलको अध्यक्षता, सचिव रेवती पौडेलको स्वागत र यदुनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । साथै सहकारी संस्थाका कोषाध्यक्ष चन्द्रकान्त पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै साधारण सभाले अर्जुन पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । कार्यसमितीको उपाध्यक्षमा चन्द्रकान्त पौडेल, सचिवमा रेवती पौडेल र कोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् ।  

सहकारीमा १२५ शेयर सदस्य रहेका छन् । भने २० लाख १५ हजार शेयर रकम रहेको छ । 

अन्य समाचारहरु