खनदहमा कांग्रेसको छलफल, अन्तरक्रिया र अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

खनदहमा कांग्रेसको छलफल, अन्तरक्रिया र अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न


बिष्णु खनाल 
 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड ३ खनदहमा नेपाली काँग्रेस अर्घाखाँचीको संयोजन र नेपाली काँग्रेस मालारानीको आयोजनामा छलफल, अन्तरक्रिया र अभियान अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । 

नेपाली काँग्रेस जिल्ला सह सचिव एवं मालारानी प्रतिनिधि मेघराज पाण्डेले अभियानको अभियानको लक्ष्य, उद्देश्य र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विगतको समीक्षा, मालारानी कांग्रेसको वर्तमान अबस्था र भावी कार्ययोजनाको वारेमा वक्ताहरुले आफ्नो धारणा राखेका थिए । फाल्गुन १९ गते देखी २८ गते सम्म टोल टोलमा संगठन, घर घरमा काँग्रेसजन´´ भन्ने उद्देश्यका साथ मालारानी गाउँपालिकाका सबै वार्डहरुमा अभियान संचालन हुनेछ ।  

कार्यक्रम पालिका सभापति शोभाखर खनालको सभापतित्व, नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण खनालको प्रमुख आतिथ्यता र मालारानी सचिव रविन घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य अबिना आचार्य, प्रदेश सभा क सभापति राजेश कुमार पन्थी, प्रदेश सभा क सचिव नारायण भुसाल, नेपाली कांग्रेस मालारानी गाउँ कार्य समितिका पदाधिकारी, सदस्यहरु, १ देखि ९ नं वार्डका सभापतिहरुको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु