पाणिनी गाँउपालिका सभाहल पार्टेशन तथा शौचालय निर्माण आयोजनाको सार्वजनिक सुनवाई सम्पन्न

पाणिनी गाँउपालिका सभाहल पार्टेशन तथा शौचालय निर्माण आयोजनाको सार्वजनिक सुनवाई सम्पन्न

प्रकासित मिती: ३२ जेठ २०७७, आईतबार 

डिआरजी सुमन 

दुर्गाफाँट, ३२ जेठ २०७७ । अर्घाखाँची डटकम व्युरो रिपोर्ट । पाणिनी गाँउपालिका सभाहल पार्टेशनतथा शौचालय निर्माण आयोजनाको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । पाणिनी गाँउ पालिकागाँउ कार्य पालिका को कार्यालय सभाहल पाटेशन गरी गाँउ कार्यपालिकाको नयाँ भवन वनाईएको छ। 


आर्थिक वर्ष २०७६/०७७ को गाँउ सभावाट निर्णय भए वमोजिम नै पाणिनी गाँउ पालिका को सभाहलपाटेशन तथा शौचालय निर्माण को लागी रु.चालीस लाख विनियोजित भएकोमा सोही रकमको स्टमेटसंझौता अनुसार मिति २०७६ मंसीर ०८ गतेवाट निर्माण कार्य सुरुवात गरी मिति २०७७ जेठ ०५ गतेसंझौता अनुसार सवै काम सम्पन्न भएको  निर्माण समिती अध्यक्ष चन्द्रकान्त पौडेलले वताउनु भएकोछ ।

चन्द्र कान्त पौडेल अध्यक्ष रहनु भएको उक्त निर्माण समितीमा ईन्द्रमणी घिमिरे,सिता नेपाली,युवराजज्ञावली,कमला घिमिरे र सन्तोष पोखरेल सदस्य हुनुहुन्छ । यस्तै देवी वहादुर क्षेत्रीको अध्यक्षमा गठितअनुगमन समितीमा सदस्यहरु ढुण्डीराज भट्टराई,वावुराम घिमिरे,राधिका भूसाल र उमा ज्ञावली कोटोलीले अनुगमन गर्दा निर्माण कार्य संतोषजनक रुपमा सम्पन्न भएको रिपोर्ट वुझाएको छ ।


सभाहल पार्टेशन तथा शौचालय निर्माण आयोजनाको लागी जम्मा आय पाणिनी गाँउ पालिका कोआर्थिक वर्ष २०७६/०७७ को गाँउ सभावाट विनियोजित रु ४० लाख र जनश्रमदान मार्फत २ लाख २४हजार,०९ सय १३ रुपैया ७२ पैसा रहेको छ । 

यस्तै जम्मा व्याय तर्फ अर्घाग्रील विल नं १२६ को रु १९ लाख ५० हज़ार ८ सय ७० रुपैया ५० पैसारहेको छ । सेभेनस्टार ईटा विल नं ६४० को रु ३१ हज़ार ०६ सय ४० सोही कम्पनि कै विल नं ६४५ कोरु १३ हज़ार ०५ सय ६० रुपैया रहेको छ । 

 ए.के ईंटा उद्योग विल नं १४ को रु ६७ हज़ार ०८ सय रहेको छ । लुम्बिनी कांक्रिट उद्योग विल नं ८४८को रु .०८ हजार ०४ सय ७५ रुपैया रहेको छ । मिश्र निर्माण सेवा विल नं ७८९ को रु ५९ हज़ार ०५सय १५ पैसा रहेको छ । के.पी. सेनेटरी विल नं १८३ को रु १७ हज़ार ०१ सय ४० रुपैया र सोही कम्पनिकै विल नं १७१ रु १९ हज़ार ०१ सय ८० रुपैया रहेको छ ।

एन डी एन सप्लायर्स विल नं ६३ को रु ०१ लाख ०३ हज़ार ०५ सय ७७ रुपैया ०८ पैसा सोही कम्पनिकै विल नं ६४ को रु ११ हज़ार ०७ सय ६३ रुपैया रहेको छ । पुर्णिमा एण्ड प्रतिक्षा ई. को विल नं ८५को रु ०३ हजार ०८ सय ५७ रुपैया रहेको छ । तिवारी ट्रेड्स एण्ड सप्लायर्स विल नं ३१५ को रु ०१लाख ९८ हज़ार ०४ सय ८६ रुपैया र सोही कम्पनि कै विल नं ३५२ को रु ०१ लाख ८१ हज़ार १९ रुपैया रहेको छ ।


यसको अतिरिक्त डोर हाजीर मार्फत ०४ लाख ७७ हज़ार ०३ सय २८ रुपैया रहेको छ । चन्द्रकान्तपौडेलको भर्पाई रु ०९ लाख ३५ हज़ार ०३ सय ६० रुपैया रहेको छ । यस्तै ढुवानी खर्च ०१ लाख ५०हज़ार रहेको छ । यसरी जम्मा आय तर्फ ४२ लाख २४ हज़ार ०९ सय तेह्र रुपैया ७२ पैसा देखीएको छ। व्याय तर्फ ४२ लाख २४ हज़ार ०९ सय ०६ रुपैया त्रिचालीस पैसा देखिएको छ । 

२०७७ जेठ ३२ गते भएको सार्वजनिक सुनवाई कार्यक्रममा पाणिनी गाँउ पालिका अध्यक्ष अच्युतगौतम , उपादक्ष्य लक्ष्मी गौतम, पाणिनी ०१ देखी ०८ सम्म का वडा अध्यक्षहरु , प्रमुख प्रसासकीयअधिकृत मधू कृष्ण पौडेल, लेखा अधिकृत इन्जीनियर, योजना साखा प्रमुख, गाँउ पालिकाकर्मचारीहरु, अनुगमन समिती पदाधिकारी, निर्माण समिती पदाधिकारी स्थानीय सरोकार वालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई पाणिनी गाँउ कार्य पालिका भवनमा सम्पन्न भएको छ । - तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम 

अन्य समाचारहरु