अड्गुरी समाज रुपन्देहीले गर्यो अड्गुरीका २२ बिद्यार्थीलाई छात्रवृत्ति बितरण

अड्गुरी समाज रुपन्देहीले गर्यो अड्गुरीका २२ बिद्यार्थीलाई छात्रवृत्ति बितरण

प्रकाश प्युठानी 

अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अड्गुरी समाज रुपन्देहीको आयोजनामा आज पाणिनी गाउँपालिका वडा न. ७ का सामुदायिक बिधालयका बिद्यार्थीहरुलाई छात्रवृत्ति अन्तरगत शैक्षिक सामग्रीहरु बितरण गरिएको छ । 


कार्यक्रममा अड्गुरी भित्र संचालित सामुदायिक बिधालयका २२ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री , झोला र पोशाक बितरण गरिएको छ । उनीहरुको शैक्षिक क्रियाकलापललाइ सहयोग गर्ने उद्देश्यले प्रत्येक बर्ष समाजले छात्रवृत्ति स्वरुप शैक्षिक सामग्री बितरण गर्दै आइरहेको छ । 


सस्थाका अध्यक्ष शिव बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सद्स्य कमल प्रसाद घिमिरे रहनुभएको थियो । पाणिनी गाउँपालिका वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारी वडा सदस्यहरू प्रेम थापा,बिन्दु घर्ती,कल्पना बि.क., नेपाली काङ्ग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सी पौडेल, नेकपा एमाले पाणिनी  ७का अध्यक्ष कृष्ण पोख्रेल,काङ्ग्रेस सभापति रुद्र महत्रा,नेकपा एस.का चन्द्रकान्त पौडेल , जनसेवा माध्यमिक बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, बिद्या बिनोद माध्यमिक बिधालयका प्रधानाध्यापक माधव भुसाल , शिव मदन माध्यमिक बिधालयका शिक्षक धुर्वराज सुवेदी, भगवती आधारभुत बिधालयका प्र.अ. धर्मराज पन्थी , बि.ब्या. स. अध्यक्ष राम बहादुर कार्की , नेपाल रेड्क्रस शाखाका सचिव नेत्र कुवर अड्गुरी स्वास्थ चौकीका प्रमुख पुनाराम भुसाल लगायत स्थानिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेलेले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको भन्दै शिक्षा र स्वास्थ्य एकै स्थानमा राखेर जादा स्वस्थ नागरिक सङ्गै गुणस्तरीय शिक्षा आर्जनको मार्ग स्पष्ट हुने धारणा राख्नुभएको छ । 

अड्गुरी समाज रुपन्देहीका सस्थापक अध्यक्ष समेत रहेका न्यौपानेले रुमाल थापेर स्थापना भएको यश सस्थाको उन्नतिका लागि भुमिका निर्वाह गर्नुहुने सबैलाइ धन्यवाद दिनुभएको थियो । आज स्वास्थ्य र शिक्षामा गरेको लगानी फलदायी होस भन्दै कामना समेत गर्नुभएको छ । कृषिलाई पनि समाजले प्राथमिकतामा राखेको भन्दै अड्गुरिको उत्पादन बजारीकरण गर्न समाजले लिएको उद्धेश्य छिट्टै पूरा हुने बिश्वास ब्याक्त गर्नुभएको हो । 

जिल्ला समन्वय समितिका सभापति कमल प्रसाद घिमिरेले  समाजले सबैको लागि सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको बताउदै हरेक मानवको मानवीय गुण भनेको लिदा हुने आनन्द भन्दा दिने कार्यमा बढी आनन्द मिल्ने बताउदै आवस्यकता हेरेर जो सङ्ग छ सहयोग गर्न आवस्यक रहेको बताउनु भएको हो । ब्यावहार परिवर्तन गर्न अरुको नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बडेको भन्दै सुधारको खाचो रहेको घिमिरेले बताउनुभयो ।


पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरिका अध्यक्ष गुनाखर अधिकारीले अड्गुरी समाज रुपन्देहीको शैक्षिक लगानी र शिक्षामा देखाएको अग्रसरता सबैका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । विभिन्न कारणले शैक्षिक सामग्रीको ब्यावस्था गर्न कठिन हुने अवस्थामा विद्यार्थीको शैक्षिक  उन्नयन्का लागि समाजले ल्याउने योजनामा हातेमालो गर्दै अगाडि बड्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले सबैलाई जोड्ने गरि स्थापना भएको सस्थाको क्रियाकलापको प्रशम्सा गर्नुभएको थियो । 

समाजले कुरा भन्दा कामको मुल्यांकन गर्न थालेको भन्दै आ आफ्नो स्थानबाट साझा उद्देश्य प्राप्तिका लागि लागिपर्ने  बेला आएको बताउनु भएको छ ।


यस्तै कार्यक्रममा बोल्दै बिद्या बिनोद मा.बि.का प्र.अ. माधव भुसालले कार्यक्रमको सफलताको शुभकामना दिदै जन्मभुमिमा कार्यक्रम गरि पुण्य कार्यमा प्रोत्साहन गर्ने समाजको अभियानको प्रशम्सा गर्नुभएको छ । 

समाजका निवर्तमान अध्यक्ष लुकराज न्यौपानेले सस्थाको वार्षिक कार्ययोजना अनुरुप कार्यक्रम गर्दै आएको स्मरण गर्दै सम्पुर्ण सहयोग दाता तथा सदस्यहरुलाइ धन्यवाद दिदै अड्गुरिबाट बुटवल पुगेर औषधि उपचारका लागि समस्या परेकाहरुलाइ पनि सहयोग गर्दै सस्था अगाडि बढिरहेको बताउनु भएको छ । स्थानीय सस्कार र सस्कृतिको जगेर्ना गर्न बिवसताले बाहिर बस्नेहरूले हातोमालो गर्न आवस्यक रहेको बताउनु भयो । 

कार्यक्रममा सस्थाका अध्यक्ष शिव बस्नेतले समाजको उधेश्य र वर्तमान अवस्थाको बारेमा बताउनुभएको थियो भने कार्यक्रमको संचालन समाजका महासचिव नारायण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

अन्य समाचारहरु