ढिकुरामा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन एमालेको हरसम्भव प्रयास

ढिकुरामा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन एमालेको हरसम्भव प्रयास

पारस भट्टराई 

ढिकुरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा मा एमालेले आफ्नो घरदैलो कार्यक्रम व्यापक बनाएको छ। निर्वाचनको समय नजिकिदै गर्दा आफ्नो पार्टी लाई अत्यन्तै भारी मतले विजयी बनाउन हरसम्भव प्रयास गरीरहेको छ।


आज मिति २०७९/०१/१५ गते बुधबार भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा को सिमाना लेवासे देखि लिएर खैरे टोल हुदै सौता पोखरा बाट डेभा सम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।


भुमिकास्थान नगरपालिका बडा नम्बर ९ बाट बडा अध्यक्ष मा खेमराज चुदालि, खुल्ला सदस्य मा बाबुराम गैरे, सुरत सोमै र महिला सदस्य कल्पना भट्टराई र दलित महिला सदस्य कमला परीयार उम्मेदवार का रूपमा हुनुहुन्छ।

अध्यक्ष खेमराज चुदालि ले आफुले सकेसम्म राम्रो र उदाहरणीय काम गरी ढिकुरा लाई नमुना बडा बनाउने हाम्रा संबाददाता लाई बताउनुभयो। आफ्नो कार्यकाल मा ढिकुरा का युवा हरु को समस्या, बाटो स्तरउन्नती गर्ने, पानी को समस्या सदाका लागि बन्द गर्ने सम्म उद्घोष गर्नुभएको छ।


ढिकुरा मा घरदैलो कार्यक्रम मा जनता संग कुरा गर्दै नागरिक का समस्या धैर्यता पुर्बक सुनि उक्त समस्या समाधान गर्न सकेसम्म प्रयास गर्ने बताउनुभयो। ढिकुरा का पर्यटकीय स्थल मसिना लेख, शिध्ध गुफा जस्ता धार्मिक स्थल हरु को बाटो लाई स्तरउन्नती गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

उक्त कार्यक्रम मा ढिकुरा का उम्मेदवार हरु, शुभचिन्तक तथा एमाले का कायकर्ता को उपस्थित रहेको छ। अर्घाखाँची डट्कम का ढिकुरा संवाददाता पारस भट्टराई को समेत उपस्थिति रहेको छ।
ढिकुरामा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन एमालेको हरसम्भव प्रयास

अन्य समाचारहरु