शितगंगाको जुकेना कल्लेरीमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

शितगंगाको   जुकेना कल्लेरीमा आगलागी हुँदा घर गोठ जलेर नष्ट
सचिन बोहोरा 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाको कल्लेरीमा आगलागी भएको छ । जुकेनाको कल्लेरीका काँसी बहादुर नेपालीको घर र गोठमा आगलागी हुँदा नष्ट भएको हो ।

विभिन्न कामले घर परिवार बाहिर गएको समयमा घर र गोठमा आगलागी भएको जनाइएको छ । आकाशिय बर्षाको कारण आगो आफै नियन्त्रणमा आएको वडा नं. ६ का वडा अध्यक्ष रिषी रेश्मीले बताए ।

वडा अध्यक्ष रेश्मीका अनुसार आगलागीबाट नेपालीको घरमा रहेका खाद्यन्न, धनमाल तथा लत्ता कपडाको क्षति भएको छ । वर्षाका कारण जनप्रतिनिधी तथा प्रहरी कोही पनि घटना स्थलमा पुग्न सकेका छैनन ।

आगलागी करिब साँझ ६ बजे तिर लागेको अनुमान गरिएको छ । उक्त आगलागी के कसरी लागेको हो त्यसको कारण तथा क्षतिको विवरण भने आउन बाँकी छ ।

अन्य समाचारहरु