ओमिक्रोन विरुद्ध सबैखाले कोरोना खोपले काम गर्ने, डेल्टा वा अन्य भाइरसको तुलनामा पनि कमजोर: विश्व स्वास्थ्य संगठन

ओमिक्रोन विरुद्ध सबैखाले कोरोना खोपले काम गर्ने, डेल्टा वा अन्य भाइरसको तुलनामा पनि कमजोर: विश्व स्वास्थ्य संगठन

 एजेन्सी 

बेलायत -  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । 

डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् । डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए ।

उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए । खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने उनले रोयर्टसलाई बताएका छन् ।

ओमिक्रोन डेल्टा वा अन्य भाइरसको तुलनामा कमजोर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

डब्लुएचओका डा. माइक रायनले ओमिक्रोन भेरिन्ट पनि खोपको प्रभावकारिता छल्न अन्य भेरियन्ट भन्दा चलाख नपाइएको बताउनुभयो । खोप लिएका ब्यक्तिहरु पनि ओमिक्रोनबाट गम्भीर विरामी पर्नबाट जोगिने उहाँको विश्वास छ ।

यसअघि फेला परेका कोरोनाका भेरियन्टहरु भन्दा बढी समस्या ओमिक्रोनले नल्याउने डब्ल्युएचओको निष्कर्ष छ । वैज्ञानिकहरुले भने ओमिक्रोनमा अहिलेसम्म विकसित खोपहरु छल्न सक्ने क्षमता बढी रहेको भन्दै सचेत रहन चेतावनी दिईरहेका छन् ।  

अन्य समाचारहरु