अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा।

अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा।


tvs



काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

जनस्वास्थ्य संकटकाल घोषणासंगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।


अमेरिकामा हाल ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरु फेला परेका छन् । बिरामीहरु मध्ये अधिकांश समलिङ्गीहरु रहेका छन् । संक्रमितहरुमा एक चौथाई न्यूयोर्क शहरमा मात्रै रहेका छन् । सुरुमा समलिङ्गीहरुमै खोप अभियान चलाउने र साथ साथै स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउने बाइडेन प्रशासनले जनाएको छ ।

यौन सम्पर्कबाट मात्रै मंकीपक्स नसर्ने भएकालेले सर्वसाधारणहरुलाई पनि खोप अभियानमा सहभागी गराउने जनाइएको छ। विश्वभर अहिले २६ हजार जना मानिस मंकीपक्सका संक्रमण भएका छन् । 

अन्य समाचारहरु