सन्धिखर्क नगरपालिकामा एमालेका कृष्ण प्रसाद श्रेष्टको अग्रता

सन्धिखर्क नगरपालिकामा एमालेका कृष्ण प्रसाद श्रेष्टको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एमालेका कृष्ण प्रसाद श्रेष्टले अग्रता लिइरहेका छन् ।

यस्तो छ पछिल्लो मत परिणाम:-  

जारी मतगणनामा सन्धिखर्क नगरपालिका वडा नं. १ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी ८ सय ७८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र भुसालले ८३२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा नेपाली काँग्रेसका माधव श्रेष्ठले १०५५ मत प्राप्त गर्दा नेकपा एमालेका युवराज बन्जाडेले ९ सय ९ मत प्राप्त गरेका छन् ।

अन्य समाचारहरु