छत्रदेव गाउँपालिकाले एसईई कक्षा टेलिभिजनबाट संचालन गरेपछि विद्यार्थी अभिभावक हर्षित

छत्रदेव गाउँपालिकाले एसईई कक्षा टेलिभिजनबाट संचालन गरेपछि विद्यार्थी अभिभावक हर्षित

सुर्य भुसाल

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाले एसईई परिक्षा दिने तैयारीमा रहेका बिधार्थीहरुलाई लक्षित गरि स्थानिय टेलिभिजनबाट ट्युसन कक्षा शुरु गरेको छ । 


कोरोना भाइरसका कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई बैसाख १ गते देखि  स्थानीय छत्रदेव टेलिभिजनबाट  बेलुका ७ बजे देखी टिउसन कक्षा संचालन भएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले अर्घाखाँचीडट्कमलाई  जानकारी दिनु भयो ।
 
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो अबधि  भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजकीको लागी कक्षा संचालन गरेको गाउँपालिकाका  प्रमुख प्रसाकिय अधिकृत खिमान्द भुसाले बताउनु भयो । 


गाउँपालिकाले सुरु गरेको सो अभियानमा  सम्पुर्ण एसईई परीक्षा दिनको लागी तयारीमा रहेका विधार्थीलाई टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा हेरेर कक्षा लिन विधार्थीलाई आग्रह गरीएको अध्यक्ष लेखनाथ पोख्रेलको भनाइ छ  ।

यो कक्षा अर्घाखाँचीमा पहिलोपटक छत्रदेव गाउँपालिकाले गर्न सुरु गरेकोले  सहकार्य गर्नको लागी बिद्यार्थीका  अभिवाकलाई सघाउन आग्रह गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ । गाउँपालिकाले टेलिभिजनबाट ट्युसन कक्षा शुरु गरेपछि पालिकामा रहेका एसईई परिक्षा दिने विद्यार्थी अभिभावक हर्षित भएका छन ।


उता आज गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले अर्घाखाँचीडट्कममा फेसबूक लाईभ अन्तर्वाता समेत दिनुभएको थियो ।

अन्य समाचारहरु