नुवाकोटको चिदिचौरमा चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु सहित)

नुवाकोटको चिदिचौरमा चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु सहित)


अजय के.सी | अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोट स्थित  चिदिचौरमा  भुमिकास्थान नगरपालिकाको चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । 


नुवाकोटको चिदिचौरमा आज शुक्र्वारदेखि  भुमिकास्थान नगरपालिकाको चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको हो । 


नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख रेशम थापाले गर्नुभएको थियो । यस्तै कार्यक्रममा उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  


भलिबल ,कपद्दी ,दौड,भाला फाल्ने,हाइ जम्प जस्ता खेलहरु हुनेछन् । 

अन्य समाचारहरु