ढिकुरा गौचौरमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्‍यु

ढिकुरा गौचौरमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्‍यु
ढिकुरा, अर्घाखाँची (२०७१ जेष्ठ १४ बुधवार )। अर्घाखाँची जिल्लाको ढिकुरामा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्‍यु भएको छ । 

ढिकुरा गाविस -  ९ गौचौर दह नजिक लु १ त ५९८५ नम्वरको ट्याक्टर अचानक दुर्घटना हुदाँ ट्याक्टरमा सवार १५ वर्षिया अनन्त सुनारको ज्यान गएको हो । 

दुर्घटनामा ट्याक्टर चालक सामान्य घाइते भएका छन। ओरालोमा गुडिरहेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घट्ना भएको बताइएको छ। 
 
उनका बाबु ओम बहादुर सुनारले गौचौर दहमा सुनको पसल गर्दै आएका छन । अनन्त ६ दिदीबहिनीका एक्ला भाई थिए।

अन्य समाचारहरु